हेटौंडा सिमेन्ट उद्योगका वरिष्ठ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं : नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरी बढुवा भएका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

अख्तियारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेड हेटौंडामा वरिष्ठ अधिकृत पदमा कार्यरत जितेन्द्रराज पाठकविरुद्ध बिहिबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

पाठकले बढुवाका लागि पेश गरेको बिहार विद्यालय परीक्षा समिति, पटना, भारतअन्तर्गतको आई.ए. तहको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली पाइएपछि उनीबिरुद्ध मुद्धा दर्ता गरिएको हो ।

पाठकले सोही योग्यता पेश गरेर सरकारी सेवामा प्रबेश गरी विभिन्न तहमा बढुवासमेत भएको देखिन आएकोले हदैसम्मको सजाय मागदावीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्