आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस !



काठमाडौं : आज (मंगलबार) नेपालमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै छ ।

हरेक वर्ष अक्टोबर १३ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो वर्ष ‘विपद जोखिम न्यूनीकरणमैत्री सुशासन : सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ नाराका साथ नेपालमा दिवस मनाइदैछ ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष कार्यक्रमलाई बिहान १० बजेपछि भर्चुअल उदघाटन र सम्बोधन गर्दै छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।

प्राकृतिक बिपत्तिको मारमा नेपालसमेत पर्ने गरेको छ । नेपालमा पछिल्लो ६ महिनामा बाढी र पहिरो तथा चट्याङबाट मात्रै तीन सय भन्दा धेरैको मृत्यु भएको छ । २०७२ सालको शक्तिशाली भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । भूकम्पले ८ लाख भन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति पुगेको थियो ।

नेपाल भूकम्पको हिसाबले विश्वको ११ औँ तथा बाढी÷पहिरो लगायतका प्रकोपका हिसाबले ३० औँ स्थानमा रहेको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्