नेपाल चेम्बर अफ कमर्स ७० वर्षमा प्रवेश



काठमाडौं : नेपाल चेम्बर अफ कमर्स ७० वर्षमा प्रवेश गरेको छ । वि.सं. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो ।

बि.सं. २०१२ (सन् १९५५) मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन यही संस्थाले आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकाश र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समेतसमर्पित रहेको छ ।

चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका पनि निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।

रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसँग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्