डाइलासिस गर्दागर्दै कोरोना संक्रमितको मृत्यु



विराटनगर : मृगौलाको डाइलासिस गर्दागर्दै आज (मंगलबार) बिहान कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-७ का ४५ वर्षीय संक्रमित पुरुषको ११ः२० बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि मोरङको बूढीगंगा गाउँपालिका-२ मा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा छ दिनदेखि उनको उपचार भइरहेको थियो ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले पुरुषलाई असोज २१ गते राति उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको जानकारी दिए । उनका बिरामीमा श्वासप्रश्वासको समस्या र रगतमा हेमोग्लोबिनको मात्रा कम थियो ।

पहिले देखि दुवै मृगौलामा समस्या रहेका संक्रमित पुरुषको नियमित डाइलासिस हुँदै आएको र समस्या बढेपछि आइसोलेसनमै मृगौलाको डाइलासिस गर्दागर्दै संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्