४ कर्मचारीमा कोरोना देखिएपछि काठमाडौं जिल्ला प्रशासनका सेवा बन्द



काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

आज एक सूचना जारी गर्दै कार्यालयले ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

साथै जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, अर्को सूचना नआएसम्मका लागि बुधबारदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको पनि बताएको छ ।

No description available.
No description available.
प्रतिक्रिया दिनुहोस्