अमेरिकामा एक व्यक्तिलाई दोस्रो पटक कोरोना संक्रमण



काठमाडौं : अमेरिकामा एक व्यक्तिलाई दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पहिलो पटकको संक्रमणबाट निको भएका व्यक्तिमा फेरि संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

दोस्रो पटकको संक्रमण पहिलोभन्दा धेरै खतरनाक हुने डाक्टरहरुले बताएका छन् । २५ वर्षीय ती व्यक्तिको फोक्सोले शरीरलाई चाहिने जति अक्सिजन प्राप्त गर्न नसकेपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी अहिले निको भइसकेका खबरमा उल्लेख छ ।

डाक्टरहरुका अनुसार कोरोना भाइरस फेरि दोहोरिने सम्भावना निकै कम हुने मानिन्छ । वैज्ञानिकहरुले ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पनि फेरि देखा परेको नभइ दुई पटक नै संक्रमण भएको बताएका छन् ।

ती व्यक्तिको फरक-फरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवांशिक संरचनामा भिन्नता आएको पाइएको वैज्ञानिकले बताएका छन् ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्