भङ्गहा नगरपालिकाका मेयर साह कोरोना संक्रमित



जनकपुरधाम : महोत्तरीको भङ्गहा नगरपालिकाका मेयर संजिव साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयरले साहले आज (सोमबार) पीसीआर परीक्षण गराएपछि रिपोर्ट पोजेटिभ आएको हो ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन्,’आज कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हाल कुनै समस्या देखिएको छैन् ।’ उनले केहि दिन यता आफुसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षति रहन मेयर साहले आग्रह गरेका छन् ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्