एलपी ग्यासको धरौटी मूल्य तोकियो, बढी रकम लिए गैर कानूनी हुने



काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । भने तोकेको मुल्यभन्दा बढी रकम लिए गैर कानूनी हुने संघल जनाएको छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशभर एकरुपता ल्याउने उद्देश्यप्रति सिलिन्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताएका छन् ।

यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने छ । एकै प्रकारको सिलिन्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउन प्रतिसिलिन्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताएका हुन् ।

अहिलेसम्म उपभोक्तासँग भएका सिलिन्डरको हकमा आफूले खरिद गरेको पसलबाट बिल लिनुपर्ने अध्यक्ष भण्डारीले स्पष्ट पारेका छन् ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्