धनमाल ठगी गरेको अभियोगमा एक जना पक्राउ



ललितपुर : ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट सामान ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको सामान ठगी गरेको अभियोगमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका-७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापालाई प्रहरीले पक्राउ गरेको हो।

थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक र स्टेसनरी समेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठगी गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्