नम्बर प्लेट स्पष्ट नभएका ३९९ सवारी कारबाहीमा



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी साधनलाई कारवाही गरेको छ।

गएको आइतबारदेखी कडाइका साथ लागु भइको नियममा आज (मंगलबार) मात्रै १६३ वटा सवारी साधनलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।

योसँगै हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट समेत स्पष्ट लेख्न लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले जानकारी दिए।

महाशाखाले नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ।

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्