आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना



काठमाडौं : बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा सामान्य बदली छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र भारतको तेलंगनामा रहेको र कमजोर हुँदै पश्चिम उत्तर दिशातर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । अन्यत्र भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित :२८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्