राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पुनः निर्वाचित



काठमाडौं– राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पुनः निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार भएको निर्वाचनमा नेपाल दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो।

नेपाल १ सय ५० मतका साथ २०२१–२०२३ का लागि निर्वाचित भएको हो। एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, पाकिस्तान र उज्वेकिस्तान पनि परिषदमा निर्वाचित भएका छन्।

यसबाहेक परिषदमा कोटे डि आइभोरी, ग्याबोन, मलावी, सेनेगल, रुस, युक्रेन, बेलायत, बोलिभिया, क्युबा, मेक्सिको र फ्रान्स पनि निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्