विश्वकप छनोटमा अर्जेन्टिनाको सानदार जित



काठमाडौं : फिफा विश्वकप छनोट अन्तर्गत गए राति भएको खेलमा अर्जेन्टिना जितेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोलले पराजित गरेको हो । विश्वकप छनोटमा अर्जेन्टिनाको यो दोस्रो जित हो ।

उक्त खेलको २४ औं मिनेटमा बोलिभियाका मार्सेलो मार्टिन्स मोरेनोले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गरी टिमलाई बराबरीमा पुर्याएका हुन् ।

त्यसपछि खेलको ७९ औं मिनेटमा अर्जेन्टिनाकै जाओक्वीन कोरेर्राले गोल गरी टिमलाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्