सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १३ सय नजिक



धनगढी : सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ । हिजो (मंगलबार) सम्म ८ हजार २ सय ५ जनामा संक्रमण पुष्टि भएको थियो । ती मध्ये सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको छ ।

हिजो ८१ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १२ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा बढी सक्रिय संक्रमित कैलालीमा ६ सय ७३ जना रहेका छन् । डोटीमा १ सय ३५, बझाङमा १ सय २२, कंचनपुरमा १ सय १८, अछाममा ५५, बैतडीमा ५०, दार्चुलामा ८३ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

३ जना सक्रिय संक्रमित भने प्रदेश बाहिरका रहेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ हजार ४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार ४ सय ६८ पुगेको छ ।

तर प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितको संख्या ८ हजार २ सय ५ पुगेको छ । मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २ हजार ३ सय ३९ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भएको छ । डोटीका १ हजार १ सय ४१, अछामका १ हजार १ सय ३, कञ्चनपुरका ९ सय ३१, बझाङका ५ सय ७३, बाजुराका ४ सय ५९, बैतडीका ४ सय ५४, डडेल्धुराका ३ सय ६५ र दार्चुलाका १ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण पुष्टि भएका ६ हजार ९ सय ४ जनाले कोरोना जितेका छन् ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्