नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित



काठमाडौं : नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुनः निर्वाचित भएको छ ।

हिजो (मंगलबार) न्युयोर्कमा भएको मतदानमा नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद सदस्य चुनिएका छन् ।

नेपालले सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ । नयाँ निर्वाचित हुने अन्य मुलुकहरूमा अफ्रिकाबाट कोटडिभ्वार, गावोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, दक्षिण अमेरिकाबाट बोलेभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्स र बेलायत छन् ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्