चिसो पानीले अनुहार धुनुका यस्ता छन् फाइदा



निद्राबाट ब्यूँझिएपछि अनुहार हल्का सुन्निएको हुन्छ । कहिलेकाही सानो पिम्पल्स अनुहारमा पनि देखा पर्दछ । तनाव, राम्रोसँग निद्रामा नलाग्नु र केही खानाको एलर्जीको कारणले पनि पिम्पल्स हुन सक्छ । बिहान अनुहारमा चिसो पानी छर्कनुले तपाईंले छालाका धेरै समस्याहरूबाट मुक्त गर्न सक्छ ।

जसरी अनुहारमा बरफ दल्नु धेरै लाभदायक मानिन्छ, त्यसरी नै चिसो पानीले अनुहार धुनु पनि राम्रो सल्लाह हो । यी दुबै चीजले छाला जवान बनाउँदछ ।

चिसो पानीले अनुहार धुँदा छाला पूरै फ्रस हुन्छ। थोरै चिसो पानी तपाईंको छालालाई जवान बनाउन र तपाईं बढी ऊर्जावान महसुस गराउन सक्छ। चिसो पानीले रक्त संचार तीव्र पार्छ, जसले अनुहार चम्काउँछ ।

चिसो पानीले अनुहार धुँदा खुला प्वालहरू बन्द हुन्छ । न्यानो पानीले तपाईंको अनुहार धोएपछि, यी प्वालहरू बन्द गर्न यसमा केही चिसो पानी छर्कनुहोस् । आँखामा चिसो पानीको प्रयोग गर्नाले छाला पनि चिसो महसुस हुन्छ ।

चिसो पानीले सूर्य किरणहरूको हानिकारक प्रभावहरूलाई कम गर्दछ । चिसो पानीले अनुहार धुँदा छाला कडाई हुन्छ । यसले घाममा खोल्ने रोमछिद्रलाई पनि कम गर्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्