बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार



काठमाडौं : काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथी अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेका छन्। बिहीवार दिउँसो उक्त बैंकमा कार्यरत सुरक्षा गार्ड रुद्र बहादुर गुरुङमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको र गार्डले बोकेको खुकुरी झिकि प्रहार गरिएको प्रहरीले जनाएको छ । गुरुङको हातमा चोट लागेको र काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्