मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द



सिन्धुपाल्चोक : मेलम्ची नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ। बिहीबार नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमण फैलिदै गएकोले शुक्रबारदेखि कात्तिक ६ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो।

यस्तै कर्मचारीहरु संक्रमित तथा कन्ट्रयाक ट्रेसिङमा रहेकाले वडा नं १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कात्तिक ३ सम्म पूर्णरुपमा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्