दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय- सांसद सिंह



काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले महामारीका बेला सांसदहरूलाई दसैं भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनतामाझ आलोचित बनाएर बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

सोमबार विज्ञप्ति निकालेर सिंहल संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय रहेको बताएका हुन् ।

‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैं भत्ताका नाममा बद्नाम गर्ने दुरासय राखेको प्रष्ट छ,’ सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ।’

उनले भनेका छन्– ‘दसैं भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु। सांसदहरुलाई आएको दसैं भत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्