जान्नुहोस्, असल गुण भएकी कन्याको पहिचान कसरी गर्ने?



हाम्रो समाजमा अहिले पनि ज्योतिष शास्त्रलाई आफ्नै महत्त्व राखेको हुन्छ । उक्त शास्त्रमा मानवीय जीवनका विभिन्न धेरै पक्षहरूको बारेमा पनि व्याख्या गरेको पाइन्छ । असल गुण भएकी कन्याको बारेमा र भाग्यशाली युवतीको बारेमा पनि ज्योतपषशास्त्रले व्याख्या गरेको छ ।

समुन्द्र शास्त्रमा शारीरिक अङ्गको बनावट साथै रूप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य गुण र जीवनका विभिन्न पक्षहरू बारे वर्णन गरेको पाइन्छ । जसको आधारमा कुनै व्यक्तिको भविष्यबारे पनि बताइन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने व्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । कस्ता युवती अत्यन्त भाग्यशाली हुन्छन् यस बारे थाहा पाइराख्नुहोस् ।

समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् । – जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ ।

– जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ ।– यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् – नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् ।– जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।

– जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफूले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।– जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् ।– नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् ।– पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्