आजको विनिमय दरः कुन देशको कति ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलवार अमेरिकी डलर एकको खरिद दर एक सय १७ रुपैयाँ १० पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ७० पैसा छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र विक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र विक्रिदर ३२ रुपैयाँ ३२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र विक्रिदर ३२ रुपैयाँ ०४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ २७ पैसा र विक्रिदर २४ रुपैयाँ ४१ रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३३ पैसा र विक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ८२ रुपैयाँ ८० पैसा छ भने विक्रिदर ३ सय १२ रुपैयाँ १७ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ५८ पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्