नेकपा अध्यक्ष दाहाल अाज दिल्ली जाँदै



काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज भारत भ्रमणमा जाँदै छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।

 

इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन अध्यक्ष दाहाल दिल्ली जाने भएका हुन् । दाहाल अाजै बेलुका ८ बजे फर्कने कार्यतालिका छ ।

 

दाहालले भारतको छोटो भ्रमणका क्रममा त्यहाँका नेताहरुसँँग भेटघाट नगर्ने भएका छन् । एक दिनको मात्रै भ्रमण तालिका भएकाले कुनै भेटघाट नराखिएको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्