दसैँ बिदामा कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि नहुने भएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार दशैं बिदाका कारण कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो। तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइटमार्फत जानकारी गराइने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्