महोत्तरीमा लागुऔषधसहित दुईजना पक्राउ



जनकपुरधाम– महोत्तरीमा लागुऔषधसहित दुईजना युवक पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित सशस्त्रको चेकपोष्टले भारी परिमाणमा लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको ठूलोपात गाउँपालिका–९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिकाका मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले जानकारी दिए ।

भारतबाट झोलामा लुकाएर १ हजार ५ सय पिस नाइट्रोभेट ल्याउँदै गर्दा चेकजाँचको क्रममा दुबैजनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका दुबैजनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्