लागूऔषधसहित दुई युवक पक्राउ



जनकपुरधाम : महोत्तरीमा लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित सशस्त्र प्रहरीले भारी परिमाणमा लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको ठूलोपात गाउँपालिका–९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिकाका मनोज भुजेल रहेका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले जानकारी दिए । भारतबाट झोलामा लुकाएर एक हजार पाँचसय थान नाइट्रोभेट ल्याउँदै गर्दा चेकजाँचको क्रममा दुवैलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्