मुकेश चौरसिया हत्या प्रकरण- आन्दोलन उग्र बन्दै, प्रहरी प्रशासन मौन



पर्सा– नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्या घटनामा पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आन्दोलन उग्र बन्दै गईरहेको छ । मृतक चौरसियाका आफन्त र नेकपा नेता तथा कार्यकर्ताहरु आजदेखि वीरगन्जमा प्रर्दशन, चक्का जाम सहित एसपी गंगा पन्तको पुतला दहन गरेका छन् ।

विगत ६ दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना प्रर्दशन गर्दा समेत प्रहरी प्रमुख एसपी गंगा पन्तले कुनै सुनवाई नगरेपछि आजदेखि आन्दोलनलाई उग्र बनाउँदै वीरगन्जमा प्रदर्शन सहित एसपीको पुतला दहन गरेका हुन् । पिडित परिवारले घण्टाघर चौकमा आधा घण्टा चक्का जाम समेत गरेर यातायात प्रभावित पारेका थिए ।

प्रहरी कार्यालय अगाडी संयौंको संख्यामा भेला भएका नेकपा समर्थक तथा मृतका आफन्तहरुले एसपी पन्तको विरोधमा वीरगन्जमा विरोध, पुतला दहन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । विरोध जुुलुसमा सहभागि महिलालाई हातमा झाडु समेत प्रर्दशन गरेका थिए ।

एसपी पन्त मुर्दाबाद, पापा वान कि पापी वान, एसपी महारानी मुर्दाबाद, हत्यारालाई कारवाही गर्न, पिडित परिवारलाई न्याय देउ, मृतक परिवारलाई क्षतिपुर्ती देउ लगायतको नारा लगाउँदै विरोध जुलुस वीरगन्ज नगर परिक्रममा गरेको थियो ।

एसपी विरुद्ध निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ग मार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउँदै चौरसिया हत्यामा संलग्न दोषीमाथि मुद्दा दर्ता गरी कडा कारवाहीको माँग समेत गरेका छन् ।

नेकपा वीरगन्ज महानगरपालिका ईन्चार्ज रोहबर अंसारीले कानुनी राज्यमा न्याय माग्नु अपराध हो भन्दै ज्ञापन मार्फत प्रधानमन्त्रीसंग प्रश्न गरेका छन । उनले पिडित परिवारले पाउँने सवैधानिक र कानुनी अधिकार भएपनि त्यसमा बन्देज लगाई एसपी पन्तले एउटा अमुक व्यक्तिको नामलाई जाहेरीबाट हटाउँन पिडित परिवारलाई उल्टै डर, धाक, धम्की देखाएको आरोप समेत लगाए ।

उनले भने- ‘पिडितको जाहेरी दर्ता गरी अपराधी उपर तहकिकात गर्नु न्याय प्रणालीको धर्म हो तर पर्साका एसपी गंगा पन्तले जाहेरीमा किटानी नाम दिदाँ पनि दबाब दिएर नाम हटाउँनलाई उल्टै धामधम्की दिनु कतिको न्याय सम्वत छ ।’

ज्ञापन पत्रमा नेपाल कम्युनिष्ठ पार्टीको नेतृत्वको सरकारबाट न्याय निषेधित गरिएको भन्दै आलोचना गर्दे निवेदकको जाहेरी दर्ता गरी चौरसिया हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, घाईतेहरुको निशुल्क उपचार गराई क्षतिपुर्ति दिनुपर्ने र पर्सा प्रहरी प्रमुखले प्रहरी संगठन बदनाम गरेवापत नियम अनुसार उनलाई कारवाही गर्नुपर्ने माँग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आममान तामाङ्गले ज्ञापन पत्र बुझेपनि यो विषयमा बोल्न चाहेन । ज्ञापन पत्र बुझाउँने कार्यक्रममा सहभागि संचारकर्मीहरुले पिडित परिवारलाई न्याय पाउँदैन भनि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी तामाङ्गले यो विषयमा आफू केहि बोल्न नचाहने बताउँदै प्राप्त गरेको ज्ञापन सम्बन्धीत निकायमा पु¥याउँने भन्दै आफनो कार्यकक्ष भित्र प्रवेश गरे ।

आक्रोशित पिडित परिवार र नेकपा समर्थकहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडीबाट एपी पन्तको पुतला सहित नारा जुलुस प्रर्दशन गरेका छन । उनीहरुले एसपी पन्तको दुई वटा तयार पारेको पुतला विरोध स्वरुप सिडियो कार्यालय र घण्टाघर विच दुई ठाउँमा जलाएपनि शान्ति सुरक्षाको लागि खटिएका प्रहरी प्रशासन भने मौन नै बसेका थिए ।

एसपीले मुद्दा दर्ता नगरे थप आन्दोलन चर्काउदै जाने उनीहरुले चेतावनी समेत दिएका छन । गत ६ गते बिहिबार सपथ ग्रहण कार्यक्रममा चौरसियामा माथी बाँसको लठीले हिर्काएर गम्भिर घाईते बनाईएको थियो । घाईते चौरसियाको शुक्रबार वीरगन्जको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । हाल मृतक चौरसियाको शव पोष्ट मार्टम गर्नको लागि नारायणी अस्पतालको शव गृहमा शव राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्