विश्वमा एकैदिन ५ लाख बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : विश्वभर पछिल्लो २४ घण्टामा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएइको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाखभन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर २३ तारिखमा एकैदिन ४ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

पछिल्लो पटक सबैभन्दा बढी अमेरिकामा ८० हजारभन्दा बढी संक्रमित थपिए । त्यस्तै भारतमा ४९ हजार तथा ब्राजिलमा २८ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा संक्रमित संख्या ९१ लाख नाघेको छ भने भारतमा कोरोना संक्रमित हुनेको संख्या ८० लाख पुगेको छ । त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ५४ लाख नाघेको छ ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय युरोप लगायत विश्वभर नै कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ ।

यस्तै बुधबार विश्वमा ७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार ३०, भारतमा ५ सय ९ तथा ब्राजिलमा ४ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ७८ हजार नाघेको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ लाख ७१ हजारभन्दा बढी पुगेको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्