फ्रान्समा दोस्रोपटक लकडाउन घोषणा



पेरिस : कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि फ्रान्समा दोस्रो लकडाउन शुरु भएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस वर्षको दोस्रो लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित फ्रान्सका राष्ट्रपति म्याक्रोनले टेलिभिजन सम्बोधनमार्फत भोलि शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

अबको लकडाउन कम्तिमा एक महिना कायम रहने फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । लकडाउनमा मानिसलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।

त्यस्तै रेष्टुरेन्ट तथा बारसहितका अत्यावश्यकभन्दा बाहिरका सेवा बन्द रहने छन् । तर, विद्यालय र उद्योगहरु भने खुला रहने छन् । फ्रान्समा गत मार्चमा पहिलोपटक दुई महिनाको लकडाउन भएको थियो ।

फ्रान्समा पछिल्लो दिनमा संक्रमित तथा संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यहाँ अहिलेसम्म संक्रमित संख्या १२ लाख ३५ हजार नाघ्दा ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्