पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुला



पोखरा : कास्कीको पोखरा महानगरपालिकाको कार्यालय आज (बिहीबार) देखि खुल्ने भएको छ ।

महानगरपालिमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द सेवा आजदेखि नियमित शुरु हुन लागेको हो ।

कर्मचारीमा संक्रमण देखिएपछि गएको असोज २९ गतेदेखि कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।

अब महानगरमा गठित कोरोना संक्रमण रोकथाम समितिको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गर्ने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको हो ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्