संघीय सांसदहरुको सुधारिएको लोगो तयार



काठमाडौं : संघीय सांसदहरुको नयाँ लोगो तयार भएको छ ।

संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर, निक्कै भद्दा भएको भन्दै चौतर्फी विरोध भएपछि संसद सचिवालयले लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

अहिले लोगो सुधारिएको आएको छ । र, सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ ।

‘नयाँ लोगो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्ने उनले बताए ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्