भक्तपुरमा दुई दिनमा ५ संक्रमितको मृत्यु



भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण २ दिनमा ५ जनाको मृत्यु भएको छ। यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ। जसमा पुरुष ४७ र महिला २२ रहेका छन्।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले मंगलबार २ पुरुष र बुधबार थप २ पुरुष र एक महिलाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको जानकारी दिए।

भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर समग्र नेपालको भन्दा दोब्बर रहेको छ। बिहीबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण भएको मृत्युदर १.२३ प्रतिशत रहेको छ। जबकि नेपालको मृत्युदर ०.६ प्रतिशतमात्रै छ।

भक्तपुरमा बिहीबार ४० पुरुष र ३२ महिला गरी ७२ जना नयाँ संक्रमित थपिएका छन्। तर स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ९७ जना नयाँ संक्रमित थपिएको जनाएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्ममा भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ सय ९६ जना पुगेको छ। जसमा ३ हजार एकसय ७५ पुरुष र २ हजार ४ सय २१ महिला रहेका छन्।

६७.३३ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरमा कोरोना भाइरस संक्रमण जित्नेहरुको संख्यामा उल्लेख्य सुधार आएको छ। बिहीबारसम्ममा भक्तपुरका ६७.३३ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबारसम्म २ हजार ८१ पुरुष र एकहजार ६ सय १८ महिला गरी ३ हजार ६ सय ९९ जना कोरोना भाइरस संक्रमण जितेर डिस्चार्ज भएका छन्।

कार्यालयका प्रमुख मिजारले बिहीबारसम्म भक्तपुरमा एकहजार ८ सय २८ सक्रिय संक्रमित रहेको बताए। जसअनुसार एकहजार ४७ पुरुष र ७ सय ८१ महिला संक्रमित रहेको उनको भनाइ छ।

८३.१९ प्रतिशत होम आइसोलेसनमा

प्रमुख मिजारले बुधबारसम्म सक्रिय संक्रमितमध्ये ८३.१९ प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिए। उनका अनुसार ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी एकहजार ७ सय ४७ जना होम आइसोलेसनमा बसेका हुन्।

सक्रिय संक्रमितमध्ये २ सय २२ पुरुष र एकसय ३१ महिला गरी ३ सय ५३ जना अस्पताललगायतको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा ईश्वरकाजी खाइजूले लेखेका छन् ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्