लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी महिलाको मृत्यु



बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजे प्रसुतिका लागि अस्पताल भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो ।

तर, अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । अस्पतालको लापरबाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ ।

मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव नबुझ्ने अडान लिएका छन् भने अस्पतालको गेटमा जम्मा भएर विरोध जनाएका छन् ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्