रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



बुटवल : रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे ।

संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्