बेनी नगरपालिका क्षेत्रमा एक हप्ता लकडाउन



म्याग्दी : जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो सूचना प्रकाशन गर्दै बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको जनाएको छ ।

अति आवश्यक सेवा र वस्तुका सबै पसल बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्