ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु



जाजरकोट : सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका–६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको हो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिँदै आएको छ । (रासस)

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्