कोजाग्रत पूर्णिमामा जानकी मन्दिरलाई १ सय ८ पाहुर



जनकपुरधाम : विश्व प्रसिद्ध जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाका दिन प्रत्येक वर्ष झैं यस वर्ष पनि महोत्तरीको रतौलीबाट १ सय ८ पाहुर आएको छ ।

महोत्तरीको रतौली निवासी स्वर्गीय ब्रम्ह्देव ठाकुरको घरबाट विगत १ सय १८ वर्षदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर पठाइने गरिन्छ । उनको घरबाट यसवर्ष फलफुल, मिठाई, दहि, च्यूरा, पान, मखान सहितका १ सय ८ वटा पाहुर आएको छ ।

No description available.

स्वर्गीय ठाकुर परिवार मध्येका नविन ठाकुरले वर्षोदेखिको परम्परालाई आफुहरुले निरन्तरता दिँदै आएको बताए । स्वर्गीय ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढंगले काँधमा पाहुर बोकेर पैदल हिँड्दै जानकी मन्दिरमा ल्याउने गरिन्छ ।

No description available.

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले कोजाग्रत पूर्णीमामा जानकी मन्दिरमा विशेष पूजापाठ हुनेगरेको बताए । मन्दिरका सहायक महन्थ रामरोशन दासले कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा विशेष पूजा गर्ने चलन वर्षौदेखिको रहेको र सोही अनुरुप यसवर्षपनि विशेष पुजापाठ गरिने जानकारी दिए ।

No description available.

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्