कोरोनाबाट पोखरामा थप एक संक्रमितको मृत्यु



पोखरा : कोरोना संक्रमणबाट पोखरामा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

शनिबार पोखरा महानगरपालिका–९ कास्कीका ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएकी उनमा कोभिड निमोनियाका साथै मधुमेहको पनि समस्या थियो ।

आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्