थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा २५०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले शनिबार जनाएको हो । जसमध्ये ९७६ महिला र १५३२ पुरुष रहेका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३५७ कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्