राष्ट्र बैंकले सोमबार पाँच अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दे



काठमाडौ : नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बिक्री गरिने उक्त ट्रेजरीको जारी मिती यही बैशाख तीन गते रहेको छ ।  राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदको लागि भोलि सोमबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।

जारी हुने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । जसमध्ये ९१ दिनेको परिपक्व हुने अवधि बिसं २०७६ असार ३१ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७६ असोज २८ गते तोकिएको छ । 

राष्ट्र बैंकले यसअघि यही चैत २५ गते पनि ९१ दिने अवधिको एक अर्ब, एक सय ८२ दिने अवधिको एक अर्ब ८९ करोड र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्