बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा



बेलायत : कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बेलायतले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी बिहीबारदेखि चार हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो ।

बेलायतमा यसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरिएको थियो भने जुलाईमा खुला गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्