पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर



काठमाडौं : सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन् ।

विश्व सहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित सहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिइएको बताए ।

राजधानी उपत्यकालाई आधुनिक सहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मानन्धरले नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने जनाए । सुन्दर सहरका लागि फोहोर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्