अस्पताललाई पैसा तिर्न नसक्दा उठेन संक्रमितको शव



विराटनगर : उपचारमा लागेको शुल्न भुक्तानी गर्न नसक्दा विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन ।

उपचारका क्रममा मृत्यु भएका विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

अस्पतालले ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको छ ।

एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई कात्तिक ६ गते विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मृतककी छोरीका अनुसार अस्पताल भर्ना गर्दा एक लाख रुपैयाँ डिपोजिट गरिएको थियो । घरमा भएको पैसा औषधि खरिदमा सकिएको छ । ‘शनिबार विहान मृत्यु भएपनि आजसम्म शव ल्याउन पाइएको छैन,’ उनले भनिन् ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्