पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टमा नेपालमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये ६ सय ३७ जना महिला र ९ सय ८५ जना पुरुष छन् ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्