देशभर आगामी तीन दिन सामान्यतया मौसम सफा



काठमाडौं : देशका विभिन्न स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा आज आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै दिउँसो देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै राति देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी बुधबार र बिहीबार पनि देशभर पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार देशका पहाडी भूभागहरुका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बिहीबार सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्