कोरोना संक्रमणबाट मृत्यु भएकाको शव उत्खनन् गरेर दाहसंस्कार



सन्धिखर्क : कोरोना संक्रमणबाट मृत्यु भएकाको एक जनाको शव गाडेको ठाउँबाट उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना संक्रमण देखिएको थियो ।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए ।

त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्