कैलालीका १७ सहित सुदूरपश्चिममा २० जना कोरोना संक्रमित थपिए



धनगढीः कैलालीका १७ सहित सुदूरपश्चिममा थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उपमहानगरपालिकाको वडा नं.५ का ७, वडा नं.१ का ४ जना, त्यसैगरी वडा नं.२, ३ र ७ का १-१ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका-१, बैतडीको दशरथचन्द नगरपालिका-३ र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा १-१ जना संक्रमित थपिएका सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित :१८ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्