विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त



काठमाडौं : कोरोना भाइरसबाट संक्रमित भएर सक्रमणमुक्त भईसकेकाहरुको संख्या विश्वभर ३ करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभर ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् ।

तर कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् । विश्वभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल चार करोड ७३ लाख ६३ हजार ९८५ जना संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । अहिले पनि संक्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् १ करोड २० लाख चार हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित र मृतकहरुको संख्याका आधारमा हेर्दा अमेरिका सवैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कूल ९५ लाख ६७ हजार ५४३ जना संक्रमित हुँदा कूल २ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना संक्रमित भएका छन् भने एक लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ । तेस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा अहिलेसम्म एक लाख ६० हजार २७२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना संक्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोना भाइरसका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना संक्रमित भएका छन् । स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोना भाइरसबाट प्रभावित अग्र १० देशमा रहेका छन् । रासस

प्रकाशित : १८ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्