थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या हजार नाघ्यो



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८९ हजार ६१४ पुगेको जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१४२ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।
प्रकाशित ः कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्