पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणबाट निधन



काठमाडौं : पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको आज (बुधबार) बिहान ६ बजेर २५ मिनेटमा निधन भएको हो ।

कात्तिक १५ गतेदेखि मेन्टिलेटरमा राखेर उपाचार गरिँदै आएको उनमा कोरोना पोजेटिभ देखिएको सभामुख हुँदा महराका प्रेस सल्लाहकार रहेका डिल्ली मल्लले जानकारी दिए ।

उनको नर्भिक हस्पिटलमा पीसिआर टेष्ट गरिएको थियो ।

दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह उनका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : कात्तिक १९, २०७७

प्रतिक्रिया दिनुहोस्