कोरोना संक्रमणबाट भुटानी शरणार्थीको मृत्यु



विराटनगर : कोरोना संक्रमणका कारण भुटानी शरणार्थीको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षणा अस्पतालमा उपचाररत भुटानी शरणार्थीसहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । बुधबार बिहान २ बजे एक पुरुष र एक महिला भएको हो ।

झापाको दमक–३ बेलगाँडी शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थी ६५ वर्षीय वृद्ध पुरुषको बिहान २ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएकोभन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि ल्याइएका पुरुषलाई त्यही दिन कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए ।

त्यस्तै इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिलाको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । उनलाई पनि दमको पुरानै समस्या रहेको दाहालले बताए । श्वासप्रश्वासमा समस्या रहेकोभन्दै वृद्धालाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

प्रकाशित : कात्तिक १९, २०७७

प्रतिक्रिया दिनुहोस्